कान्छो जिल्ला सदस्य त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा
पाेखरा | भदौ १९, २०७९
पोखरा : आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् ।
एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी निवेदन माग गरेको थियो ।
कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन् । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चामा आएका थिए ।
अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजीनामा दिएका थिए ।

जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उनी सवै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए ।
उनले आफ्नो अध्ययन पुरा भए पछि विद्यार्थी राजनीतिको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा प्रवेश गर्ने स्वघोषणा गरेका थिए ।
एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो ।
उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् । देवी सुवेदी जगत वि.क, गणेश गुरुङ , जगन्नाथ वास्तोला लगाएत रहेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

